चितवन । घाँस काट्ने क्रममा रुखबाट खसेर चितवनमा एक पुरुषको मृत्यु भएको छ ।
कालिका नगरपालिका–८ गैरीवारी बस्ने ४९ वर्षिय राम बहादुर चेपाङको भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो १ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार गत पुस १७ गते घर नजिकैको अमिलिया जंगलमा टाटरीको रुखमा घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका थिए ।











