चितवन । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । पुस १ गते माडीको एक कार्यक्रममा सहभागि भएर फर्कदै गर्दा व्यवसायी गैरे सवार कार दुर्घटनामा परेको थियो ।
उनको २३ दिनदेखि भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । व्यवसायी गैरैको निधन भएको सर्प उद्धारकर्ता यमलाल भण्डारीले जानकारी दिए ।
युवामाझ लोकप्रिय गैरेले नारायणगढमा चस्मा पसल संचालन गर्दै आएका थिए । गैरेको निधनले परिवार, आफन्त र नारायणगढका व्यवसायी शोकमा डुवेका छन् ।











