पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सोबिता गौतमले आफूहरूमाथिको प्रतिशोधलाई विश्वले हेरिरहेको बताएकी छन् ।
आज पोखराको चालकिलो चोकमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । “यो प्रतिशोध नै हो, यसलाई विश्वले हेरिरहेको छ,” उनले भनिन्, “यसका विरुद्धमा हामी उठ्छौँ, उठ्छौँ ।”
उनले यसविरुद्ध जनता पनि चुप लागेर बस्न नहुने बताइन् । पार्टी सभापति रवि लामिछानेलाई सरकारले झुटा मुद्दामा थुनिरहेको उल्लेख गर्दै भनिन्, “भोलि तपाईंका छोराछोरीहरूलाई पनि त्यसैगरी थुनिदेलान्, त्यसैले अहिले नै यसको सामना गर्नुपर्छ ।”
सहकारी ठगीसम्बन्धी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको छ ।











