चितवन । चितवन क्षेत्र नम्बर २ को कालिका १ को मतगणनाले रवी लामिछानेले रफ्तार लिएका छन् ।
जम्मा ८७५ मत गन्दा लामिछानेले ५ सय ४९ मत लिएका छन् । कृष्णभक्त पोखरेलले १ सय १५ मत लिएका छन् भने उमेश श्रेष्ठले भने १ सय ४६ मत लिएका छन् ।
इच्छाकामनामा अग्र स्थानमा रहेका पोखरेल कालिकाको सुरुवाती मतगणनामा भने पछाडी परेका छन् ।
यससँगै पछिल्लो मतपरिणाम अनुसार समग्रमा ११ हजार २८० मत गन्दा सूर्यको ३ हजार ७३८ मत छ । त्यस्तै घण्टीले रुखलाई पछि पार्दै ३ हजार ५२७ मत लिएको छ भने रुखको ३ हजार ३६२ मत छ ।











