काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् ।
मतदान प्रक्रियामा भाग लिएकोमा उनले सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । फेसबुकमा पोष्ट गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्री देउवा निर्वाचन सफल गराउन खटिएका कर्मचारी र सुरक्षा निकायका साथै राजनीतिक दल, संचारकर्मीलाईं पनि धन्यवाद दिएका छन् ।
उनले लेखेका छन् , ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरु लगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। जय नेपाल।’











