सुनिता सुवेदी
चितवन । डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकालले बाटोमा भिडियो, लाईभ जे हुन्छ त्यही गरेर गाडिको स्कर्टिंग गर्न जनतालाई आग्रह गरेका छन् ।
आज भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन पश्चात देशभरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा लैजाने तयारी भइरहेको छ । सोहि बाकसहरु कुनैपनि उम्मेदवारको एजेन्ट बिना नै लैजान लागिएकोमा ढकालले आपत्ति जनाउँदै फेसबुकमा पोष्ट गरेका छन् ।
उनी लेख्छन् , ‘जनताहरु बाटो बाटोमा भिडियो, लाईभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडिको स्कर्टिंग हजुरहरुले नै गर्नुपर्यो । बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिडेको छ। आज राति सुत्न भएन। जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।’
कम्तिमा एक जना सत्ता गठबन्धनको भन्दा बाहिरको एजेन्ट गाडिमा बस्न पाउनुपर्ने उनी बताउँछन् । गाडीमा बस्ने सिट नधएको भन्दै बस्न नदिएको भन्दै दफा ८० राम्ररी पढ्न समेत उनले आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो र ? कम्तिमा एक जना सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट त गाडिमा बस्न पाउनु पर्यो। हामी उही गन्नि बेलामा मात्र बस्नि हो ? गाडीमा ठाउ छैन कहाँ मिलाउ भन्न पाइन्छ र ? कुनै पनि गाडी हामी कुनै एक जना उम्मेदवारको एजेन्ट नभइकन प्रशासनको रहोभरमा मात्र सिधै यो रातको समयमा आयो भने कसरि विश्वास गर्ने तलमाथि हुँदैन भन्ने । सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट एक जना नराखि गाडी लगे भने के गर्ने ? दफा ८० राम्ररी पढ्नु पर्यो ।’











