चितवन । आज भइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतदान गर्ने समय सकिएको छ ।
निर्वाचन आयोगले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मतदान गर्न पाउने बताएको थियो । ५ बजेभित्र मतदान स्थलमा पुगेका मतदाताहरुले भने मतदान गर्न पाउने आयोगले जानकारी दिएको छ ।
देशभरका कतिपय ठाउँमा भने मतपेटिका जलाउने तथा धाँधली भई मतदान कार्य रोकिएका मतदान केन्द्रमा भने मतदान गर्ने समय थप गरिएको आयोगले बताएको छ ।











