नवलपरासी । नवलपरासी पुर्व अन्र्तगत पर्ने देवचुली नगरपालिका ४ मा रहेको शान्ति श्रृजना केन्द्रको मतपेटिका आगलागी भएको छ ।
मत पेटिका रहेको जिल्ला निवार्चन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार आगलागी भएको उक्त मतपेटिका प्रदेस तर्फको समानुपातिकको थियो ।
देवचुली ४ निवासी नारायण भण्डारीले ३ वटा मत हालिसकेपछि चौथौं अर्थात अन्तिम मत हाल्ने बेलामा मत पेटिकामा एसिड हालेका थिए ।उनलाई नियन्त्रणमा लिएको र मतदान प्रकृया के गर्ने भन्ने विषयमा निर्वाचन आयोगमा जानकारी गराईएको भुसालले बताए ।
मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।











