काठमाण्डौ । आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा हालसम्म देशभर ४६ प्रतिशत मत खसेको छ ।
विभिन्न मतदान स्थलको अवलोकन गर्दै देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले जानकारी दिए।
अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको उनले बताए । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेको उनको भनाइ छ ।
मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको उनले जानकारी दिए ।











