भरतपुर । चितवनमा मंसिर ४ गते हुने निर्वाचनको लागि मतदानस्थलमा पूर्वतयारी थालिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपेटिका र मतपत्रलगायतका निर्वाचन सामग्री पु¥याइएपछि आवश्यक कर्मचारी उक्त स्थलहरूमा खटिइसकेका छन् ।
जिल्लाभरका १६२ मतदान स्थल (४६० मतदान केन्द्र)मा तीन हजार ६८० कर्मचारी र आवश्यक सुरक्षाकर्मी खटिसकेका छन् । जिल्लाको १६२ मतदान स्थलमध्ये भरतपुरको भरतपुर माविलाई नमुना मतदान स्थल बनाइएको छ । यस मतदान स्थलमा चार वटा मतदान केन्द्र छन् ।
यहाँ खटिने मतदान अधिकृतसहित सबै कर्मचारी र म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मी महिला रहेका छन् । यो मतदान स्थलको सञ्चालनको जिम्मा महिलालाई मात्र दिएर नमुना मतदान स्थल बनाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।











