चितवन। कर्णालीका कथाहरुलाई समेटेर बनाइएको फिल्म ‘बुलाकी’ २०७९ फाल्गुन १९ गते प्रदर्शनमा आउने भएको हो।
सुरक्षा पन्त अभिनित चलचित्र ‘बुलाकी’ को निर्देशन लक्ष्मण सुनार र चलचित्र निर्माण टोपेन्द्र विष्टले गरेका छन् ।
यसअघि कार्तिक १८ मा रिलिज हुने भनिएको चलचित्र बुलाकीको मिती विविध कारणले परिवर्तन गरिएको छ।
‘यो बर्ष, सायद पश्चिम हिमाली भेगको हावाले समस्त सिनेमा क्षेत्रलाई छोएको छ’ भन्दै कलाकार सुरक्षा पन्तले फेसबुकमा पोस्टर सार्वजनिक गरेकी छन् ।











