चितवन । अष्ट्रेलियामा जारी टि–ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ ।
टस हारेर व्याटिक गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतको लागि हार्दिक पाण्ड्याले ६३ रनको विष्फोटक पारी खेलेका थिए साथै विराट कोहलीले ५० रनको योगदान दिए । इङ्ल्याण्डको लागि क्रिस जोर्डनले ३ विकेट हात पारेका थिए ।
प्रतिउत्तरमा इङ्ल्याण्डले १६९ रनको लक्ष्य १६ ओभरमै विना विकेटको क्षतिमा पुरा गर्यो । इङल्याण्डको लागि कप्तान जोस बट्लरले ८० रन साथै अर्का ओपनर एलेक्स हेल्सले ८६ रनको आतिशी पारी खेले ।
एडिलेडमा भएको उक्त सेमिफाइनल खेल जित्दै इङ्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल आगामी १३ नोभेम्वरमा मेलबर्न क्रिकेट ग्राउण्डमा पाकिस्तानसँग हुने छ ।











