चितवन । ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने भएको छ ।
नेपाल टेलिकमको सिमकार्डबाट उक्त मोबाइल एप चलाउन निशुल्क गरिएको हो । सामाजिक सञ्जालमा बैङ्कले उक्त सूचनाको जानकारी दिँदै ढुक्क भएर डाटा चलाउन ग्राहकलाई आग्रह गरेको छ ।
बैङ्कले आजै ग्लोबल स्मार्ट प्लस डाउनलोड गरि कारोबार सुरु गर्न समेत आग्रह गरेको छ ।











