चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ४४ जना डेङ्गु संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १८ जना डेङ्गु संक्रमित विरामी भेटिएका छन् ।
त्यस्तैगरि खैरहनी नगरपालिकामा ४, रत्ननगर नगरपालिकामा ३ र राप्ती नगरपालिकामा ८ जना डेङ्गुका विरामी भेटिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार, चालु आ.वको हालसम्म चितवनका १२ सय तीन जनालाई डेङ्गु संक्रमण पुष्टि भैसकेको छ ।
पछिल्लो २४ घण्टामा ३३ जना चितवनका मात्रै विरामी थपिएका हुन् भने एक जना ठेगाना नखुलेको र सात जना अन्य जिल्लाका डेङ्गुका विरामी थपिएको स्वास्थ्य कार्यालले प्रकासित गरेको सूचनामा उल्लेख छ । योसंगै हालसम्म ठेगाना नखुलेका दुईसय चार र अन्य जिल्लाबाट तीनसय ५५ विरामी चितवनमा भेटिएका हुन् । हालसम्म चितवनमा ३ जनाको मृत्यु भइसकेको छ ।











