चितवन । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म चितवनमा दुई वटा गैंडाको मृत्यु भएको छ ।
साउन १ गतेदेखि कात्तिक २७ गतेसम्मको तथ्यांक अनुसार चितवन राष्टिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा विभिन्न कारणबाट दुईवटा एक सिंगे गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकारी एवं सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिएका छन् ।
तिवारीका अनुसार गत साउन ५ गते अमलटारी क्षेत्रमा अन्दाजी एक वर्ष पाँच महिनाको पोथी गैँडाको प्राकृतिक (माउबाट छुट्टिएर) कारणबाट मृत्यु भएको थियो ।
त्यस्तै कात्तिक २७ गते अन्दाजी १२ वर्षको भाले गैंडा खैरहनी नगरपालिका–१२, इचर्नीमा करेन्ट लागेर मृत भेटिएको उनले जानकारी दिएका छन् ।











