काठमाडौँ । हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू आठ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन् ।
शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका उनीहरुले क्यारिकेचर र नृत्य प्रस्तुति मार्फत दर्शक झुमाए ।
बस्ती, रङ्गशाला निर्माण लगायतका कार्यक्रममा आफूलाई व्यस्त बनाएर कलाकारिताबाट टाढा रहँदै आएका उनीहरुले सक्रिय कलाकारिता गर्ने बताए । स्टेजमा लामो समयपछि फर्किए पनि फिल्म तथा सानो पर्दामा भने उनीहरू फाट्टफुट्ट देखिँदै आएका छन् ।











