चितवन । नारायणगढको क्याम्पाचौरमा आजदेखि रैथाने फुड फेस्टिबल एवम् वृहत सांस्कृतिक कार्यक्रम सुरु हुँदैछ ।
होटल व्यवसायी संघ चितवनको आयोजनामा हुन लागेको उक्त फेस्टिबलको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले दिउँसो ३ बजे गर्ने कार्यक्रम छ ।
फुड फेस्टिबलको उद्घाटनको पहिलो दिन आज प्रिती आले, पशुपती शर्मा र सागर लम्साल ‘बले’ लगायतका कलाकारहरुले प्रस्तुती दिने होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिए।
पुस १४ देखि १८ गतेसम्म चल्ने फेस्टिबलमा करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको छ । फुड फेस्टिबल परिसरभित्रै खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिनुको साथै फ्रि वाइफाई र निःशुल्क पार्किङको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।










