पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक बिरामी सेती नदीको ड्याममा मृत भेटिएका छन् । तनहुँ घर भई पोखरा १६ लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र सोमवार अस्पतालबाट भागेका थिए ।
ज्वरो सम्बन्धी बिरामी भएर उपचार गराउन आएका उनी बाबु हरिप्रसाद मिश्र औषधी लिन गएका बेला अस्पतालबाट निस्किएका प्रहरीले जनाएको छ । उनको कार्ड समेतको कपडा सेती नदीमाथिको पुलमा भेटिएपछि नदीमा हामफालेको हुन सक्ने प्रहरीले अनुमान लगाएको थियो।
सोही आधारमा सेती नदीको ड्याम खोलेर उनको खोजी गर्दा ड्याममा नै मृत अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।











