गोरखा । गोरखाको हरमटारीस्थित कालिमाटीमा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। बैंकको एटिएम कक्ष गएराति तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताए।
आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए। ‘पैसा लगेको वा नलगेको खुलेको छैन। बैंकका मानिसहरू आउँदै हुनुहुन्छ। थप अनुसन्धान सुरू गरिन्छ,’ उनले भने।











