काठमाडौँ । मनास्लु हिमाल आरोहणमा गएका पाँच नेपाली बेपत्ता भएका छन्। सोमबार बिहान करिब ११ बजे हिमपहिरोमा परी उनीहरू बेपत्ता भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।
उनका अनुसार बेपत्ता हुनेमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जितबहादुर शेर्पा छन्। बेपत्ता भएका पाँचै जना नेपाली आरोहण दलको सहयोगी सदस्यका रूपमा त्यसतर्फ गएका थिए। बेपत्ता भएको भन्ने जानकारी पाउनासाथ उद्धारका लागि टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
बेपत्ताको खोजीका लागि काठमाडौँबाट कैलास एयरको हेलिकप्टर परिचालन गरिएको छ। यस्तै पाकिस्तानी नागरिक अफिज साद बिन मनावर लेक लागेर बिरामी भएका छन्।











