सुर्खेत। ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्।
उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए ।
स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भनेर भनेका थिए । तर, घनश्यामले ढोग दिएनन् । त्यसपछि उनीहरूले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घाइते हुनेगरी कुटपिट गरेपछी घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्युु भएको छ।











