धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका छन्।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आज समाजबादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन्।
उनले भने, ‘नेकपा एमाले वास्तविक एमाले होइन। गणतन्त्रवादी होइन। तातिबेला एमालेको नेतृत्व नेपाल नभएर एमालेको अहिलेको नेतृत्व भएको भए सम्भव हुने थिएन।’
दाहालले प्रतिगमनलाई चुनौती दिन लाखौँ जनता सडकमा उतार्ने पनि बताएका छन्। सडकमा लाखौँ जनता उतारेर प्रतिगमनकारीलाई चुनौती दिने उनको भनाइ छ। जनता सडकमा उतार्ने कार्यक्रम ल्याउने उल्लेख गर्दै त्यसका लागी तयारी अवस्थामा रहन कार्यकर्तालाई उनले आग्रह गरे।
प्रतिगमनले टाउको उठाउन खोजिरहेको उल्लेख गर्दै सडक, सदन र सरकार तिन वटै मोर्चा बाट त्यसका विरुद्ध लाग्नुपर्ने उनले बताए।











