चितवन । चितवनमा दसैँ तिहारलाई लक्षित गरेर असोज २१ गते बाट साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ ।
बजार भन्दा सस्तो मूल्यमा खाद्यान्न सामग्रीहरु उपलब्ध हुने पसल छठसम्म नारायणगढमा सञ्चालनमा आउने कर्पोरेसनले जनाएको छ ।
पसलमा चिनीलगायत विभिन्न खाद्यान्नको मूल्य शुल्कबारेमा मन्त्रालयमा निर्णय नआएको कर्पोरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए ।











