काठमाडौं। काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ।
भद्रकाली नजिक सभागृह मोडमा सेनाको प्र ३–०१–००१ ग ३६०५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट काठमाडौं चाहाचल बस्ने ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ।
बा प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।











