चितवन । होटल व्यवसायी संघ चितवनको अध्यक्षमा लोकनाथ भट्ट (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् । संघको आज भएको २७औँ साधारण सभा तथा १३औँ अधिवेशनबाट भट्टको अध्यक्षतामा १२ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा ऋषिकेश अर्याल, जनक पौडेल, यज्ञ बहादुर कार्की, कमला गुरुङ, महासचिवमा राम बहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा कृष्ण कुमार महतो, र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ निर्विरोध चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा फण्डिन्द्र न्यौपाने, विकास गुरुङ र डोल बहादुर गुरुङ चयन भएका छन् ।
तत्कालिन होटल व्यवसायी संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ एकिकरण भएपछि गठित तदर्थ समितिले आज अधिवेशन गरेको हो । संघको अध्यक्षमा निर्विरोध चयन भएका भट्ट होटल जमघट र जमघट रेस्टुरेन्टका सञ्चालक, ग्यालेक्सी गार्डेन रिसोर्टका बोर्ड सदस्य र लायन्स क्लब अफ नारायणी एमजेएफका अध्यक्ष समेत हुन् ।
निवर्तमान अध्यक्ष केशव हड्खोलेको अध्यक्षतामा भएको अधिवेशनमा होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदी, तृतिय उपाध्यक्ष शिरिष पन्त, भरतपुर–२ का वडा अध्यक्ष मनोज पन्तलगायतको उपस्थिती थियो ।











