काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ । दुई लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २० वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने पाँच वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।











