काठमाडौं । उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।











