काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो कम्युनिष्ट पार्टीहरुको अहिलेको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक समस्या हो । विचार धारात्मक सांस्कृतिक समस्या हो । यो वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न अथवा वैचारिक सांस्कृतिक समस्यालाई समाधान गर्नको निम्ति हामीले ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्छ ।’
उनले हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा हुने बताउनु बताए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘यो हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र त्यो ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै हामीले तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्नसक्छौँ । अन्यथा त्यो कार्यभार पूरा हुन सक्दैन ।’ गृहमन्त्री श्रेष्ठले समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्न सक्नुपर्ने बताए ।











