काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।
रााष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन ।











