चितवन । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि आग्रह गरिएको बताए । ‘खानेपानीको समस्या, आपूर्तीको अवस्था र आपूर्तिको लागि चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागीताको लागि हार्दिक आमन्त्रण गर्दछु’, निमन्त्रणमा पत्रमा उल्लेख छ ।
धरान उपमहानगरपालिकालाई पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि साथ दिनुपर्नेमा उनको जोड छ ।











