भरतपुर । होटल व्यवसायी संघ, नारायणगढ बजार इकाइ समितिको अध्यक्षमा विष्णु भुसाल चयन भएका छन् । बिहीबार सम्पन्न सातौँ साधारण सभा तथा चौथो अधिवेशने भुसालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा पोमराज भट्टराई, सचिवमा राज केसी, कोषाध्यक्षमा विष्णु गिरी र सह–सचिवमा नविन कँडेल सर्वसम्मत चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा सन्ध्या पौडेल, हरिप्रसाद अधिकारी, विमल अर्याल, कल्पना श्रेष्ठ, गोकुल घिमिरे, प्रकाश खड्का, प्रदीप पौडेल र सुजन पाण्डे चयन भएका इकाइ समितिका निवर्तमान अध्यक्ष कृष्ण महतोले जानकारी दिए ।
आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो ।










