पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका छन्।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताए । मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।
‘तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्छ,’ डिएसपी जोसीले भने, ‘घरमा कोही हुनुहुँदो रहेनछ । श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।’ अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।











