गैँडाकोट । नेपाल विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण गैँडाकोटमा एक किसानले पालेका दुई वटा बाख्रा मरेका छन् ।
गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिकै चरनका लागि गएका बाख्रा सडकमा लत्रेको विजुलीको तारमा पर्दा करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय जलविर पुर्जाले दुःख गरि पालेका आफ्ना बाख्रा विद्युत् अफिसको लापरबाहीका कारण करेन्ट लागेर मरेका बताए । करेन्ट लागेर मरेका जमुनापारि जातका दुईवटा बाख्राको बजारमुल्य करिव ६० हजार बराबर पर्छ ।











