चितवन। ३३ बोतल लागुऔषध ‘कोरेक्स’ सहित चितवनमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार मंगलबार दिउँसो ४ः३० बजेको समयमा पूर्वी चितवनको खैरहनी नगरपालिका–६, जमौलीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० नम्बरको कारलाई चेकजाँच गर्दा लागूऔषध बरामद गरिएको हो।
पक्राउ पर्नेमा कार चालक भरतपुर महानगरपालिका– १२ बस्ने ४० वर्षिय सुरज कुमार शाही, कारमा सवार सोही स्थानका ३६ वर्षिय प्रकाश गौतम र कारमा सवार भरतपुर– २ बस्ने ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कारको पछाडीपट्टिको सिटमा कार्टुनभित्र लुकाई छिपाई ल्याएको १० एमएलको ३३ बोत्तल लागूऔषध फेला परेको ।











