चितवन । चितवन प्रहरीले १५ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–३ बस्ने वर्ष ३० को बिक्रम गुरुङ र राप्ती नगरपालिका–८ बस्ने वर्ष २४ को गगन सिंजाली मगर रहेका छन् ।
उनीहरुलाई फागुन १५ गते राति ९ः४५ बजेको समयमा खैरहनी–२ बाट नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
खैरो हेरोईनको कारोबार भइरहेको भन्ने सूचना आधारमा जिप्रका प्रहरी टोलीले बागमती प्रदेश ०६–००१ प ५६०५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध बरामद गरिएको उनले बताए ।
चितवन जिल्ला अदालतबाट म्याद थप गरी निजहरुमाथि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।










