काठमाडौँ । अभिनेत्री पूजा शर्मा तनहुँ कारागारमा पुगेकी छन् । यौन दुव्र्यवहारको मुद्दामा कारागारमा रहेका अभिनेता पल शाहको जन्मदिन मनाउन उनी बुधबार निर्देशक शोमित बस्नेत सहित कारागार पुगेकी हुन् ।
बुधबारअभिनेता पल शाहको जन्मदिन हो । कारागारमा पललाई जन्मदिनको शुभकामना दिँदै केक काटेर सेलिब्रेसन समेत गरिएको भन्दै पूजा शर्माले सामाजिक सञ्जालमा फोटो राखेकी छन् ।

पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन् । उनीहरु मिल्ने साथी समेत हुन् । पल करिब एकवर्ष अगाडि नाबालिग बलात्कारको आरोपमा कारागार पुगेका थिए ।
नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा पललाई बलत्कार ठहर नगरे पनि बाल यौन दुराचारको बिषयमा कैद सजाय सुनाएको थियो ।











