चितवन । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको व्यापक सरुवा गरेको छ । चितवनका दुई एसपी र डिएसपीको पनि सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीको सरूवा भएको छ।
जिल्ला प्रहरी कार्यालयको प्रमुख अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ काठमाडौँ सरूवा भएका छन् । अधिकारीको ठाउँमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा कार्यरत रामेश्वर कार्की आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ सरूवा भएका हुन्। उनको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा कार्यरत डिएसपी अनिल कुमार खड्का आउने भएका छन् ।
अपराध अनुसन्धान विद्यालय महाराजगंज काठमाडौँ कार्यरत एसपी रवि कुमार पौडेल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनमा सरुवा भएको छ । यहाँ कार्यरत एसपी टेकुनन्द ईवा लिम्बुको जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत एसपी प्रकाश रानाभाटको नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी विजयराज पण्डितको दरबन्दी चितवनमै तोकिएको छ । जिप्रका चितवनका अर्का डिएसपी नरहरी अधिकारीको सरुवा गरेर उनको ठाउँमा विजयराज पण्डितलाई राखिएको हो ।











