चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र व्यक्दीबादी सिद्धान्त हाबी हुँदै गएको भन्दै उनले पार्टी पारित्याग गरेका हुन् ।
सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको र पार्टीभित्र व्यक्दीबादी सिद्धान्त हाबी हुँदै गएको बताए । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनको भनाई छ ।











