चितवन । गृह मन्त्रालयले ४९ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को काज सरुवा गरेको छ । माघ ६ गतेको उपप्रधान तथा गृहमन्त्रीस्तरको निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको हो ।
गृहले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको पनि काज सरुवा गरेको छ । तामाङलाई गृह मन्त्रालयमा तानिएको छ भने चितवनमा मन्त्रालयमा कार्यरत सह–सचिव सुरेन्द्र पौड्याललाइ चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेको सरुवा भएको छ । गृहले घिमिरेको गृहमन्त्रालयमा सरुवा गरेको हो । नवलपरासी (वर्दघाट सुस्ता पूर्व)को नयाँ सिडिओको रुपमा कृष्ण प्रसाद लम्साल आउने भएका छन् । नवलपुर आउन लागेका लम्साल हाल धादिङको सिडिओ हुन् ।
https://shabdasanchar.com/wp-content/uploads/2023/01/रा.प._प्रथम.pdf










