चितवन । गुरु परशुराम पाण्डेय र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको नयाँ नेपाली लोक भजन ‘बालक ध्रुव’ सार्वजनिक भएको छ । वरिष्ठ सर्जक चेतराज कण्डेलको शब्द/संगीतमा बनेको लोक भजन परशु राम पाण्डे नाम युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
एक हप्ताअघि सार्वजनिक भएको भिडियो भजनमा एरेन्जर पदम विसी रहेका छन् भने मिक्सिङ/मास्टरिङ सञ्जय श्रीपालले गरेका हुन् ।भिडियोमा बाल कलाकार प्रतिष्ठा कण्डेलसहित चेतराज कण्डेल, दिलिप भुर्तेल, प्रेम खरेल, समिरा सुनार र आश्मा भुसालको अभिनय रहेको छ ।
अतिथि कलाकारको रुपमा दीपा शर्माको अभिनय देख्न सकिन्छ । भिडियो भजनको निर्देशन सुरेश चौधरीले गरेका हुन् भने छायाकंन विक्रम चौधरीले गरेका हुन् । श्रीमदभागवत महापुराणमा सुन्दै आइरहेको भक्त ध्रुवको कथालाई समेटेर भिडियो भजन बनाइएको हो ।









