काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीबाट बन्ने मन्त्री बन्नेहरुको सूची फाईनल गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम फाइनल गरेका हुन् ।
एक नेताका अनुसार डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा शिखिर खनालको नाम टुंगो लागेको छ।











