चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको बिमान दुर्घटना स्थलमा यथासक्दो उद्धारका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आज बिहान काठमाडौँदेखि पोखरा जाँदै गरेको यति एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री लामिछाने दुर्घटनास्थलतर्फ जाँदै छन् । प्रधानमन्त्रीले आजै मन्त्रीपरिषद्को आकस्मिक बैठक पनि बोलाएका छन् ।










