काठमाडौँ । भन्सार छली लुकाई छिपाई ल्याएको अन्दाजी २ लाख ८७ हजार रुपैयाँ बराबरको ४१ थान मोबाइलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय भारतीय नागरिक दिलीप पवार र अर्का एक व्यक्ति (पहिचान नखुलेको)लाई दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त मोबाइल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










