चितवन । भरतपुर महानगरपालिका– २९ लमजुङगे टोलमा मंगलबार (आज) बिहान ७:३० बजेको समयमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा २२ वर्षका प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया बुद्धिमाया राना मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरी कार्यालयका अनुसार प्रेम राना मगर आफ्नै घरका कोठाको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत्यु भएको हो । त्यस्तै उनी श्रीमती बुद्धिमाया भने घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी चौकी जुगेडी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीको उपस्थितिमा घटनास्थल तथा लास जाँच मुचुल्का तयार गर्ने लगायतको प्रारम्भिक अनुसन्धान भईरहेको छ ।










