चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि आफ्नो निर्वाचन क्षेत्र चितवन आउने बताएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राजनीतिक र सरकारका विभिन्न अत्यावश्यक कामका कारण चितवन आउन नभ्याएको बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएको एक/दुई दिनमै चितवनमै आएर मतदातालाई धन्यवाद दिने र भइरहेका काममा सहयोग गर्ने उनले बताए ।
केहि औपचारीक कार्यक्रममा पनि सहभागी हुने उनको तयारी छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा पनि उनले रोष्ट्रमबाटै चितवनका मतदातालाई धन्यवाद दिएका थिए ।










