चितवन । चितवनमा १३७ थान जाली नोटसहित एक महिला पक्राउ परेकी छन् । आइतबार अपरान्ह ६ बजे इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले कालिका नगरपालिका–१ की ४२ वर्षीया गंगा तामाङलाई जाली नोटसहित पक्राउ गरेको हो ।
तामाङले आफ्नो डेरा कोठामा खोटा मुद्रा (नक्कली नोट) संचय गरि जानी जानी बजारमा चलाउनका लागि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट रु १००० दरका १३७ थान जाली नोट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । तामाङलाई मुद्रा सम्बन्धि कसूरमा म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।











