आज २०७९ साल पुस २५ गते सोमबार, तदनुसार सन् २०२३ जनवरी ९ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।
मेष – आँटेको काममा सफलता नमिल्न सक्छ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ।
वृष – आज विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ।
मिथुन – बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ।
कर्कट – आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।
सिंह – विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ।
कन्या – सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ।
तुला – बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ।
वृश्चिक – आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ।
धनु – शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला।
मकर – आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विद्यामा पनि सफलता मिल्नेछ।
कुम्भ – आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका वैदेशिक कार्य अघि बढ्नेछ । शेयर मार्केटमा पनि सफलता मिल्नेछ।
मीन – दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ।









