काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी छोडेका पूर्व संसाद बासुदेव घिमिरेसँगको तस्बीर शेयर गर्दै आफुहरु सँगै रहेको बताएका छन्।
तिल्लोत्तमा नगरपालिकामा पूर्वमेयर समेत रहेका घिमिरेले गत मंगलबार सामाजिक सञ्जालमा लेख्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए।
उनको बालेन शाहसँग राम्रो सम्बन्ध भएको र बालेन रास्वपामा प्रवेश गरेपनि उनीपनि बालेनमार्फत रास्वपा जाने तयारी गरेको बताइएको थियो।
तर विहिबार राति उपाध्यक्ष पौडेलले आफुहरु सँगै रहेको बताउदै तस्बीर पोष्ट गरेपछि उनी एमालेमै रहने निष्कर्षमा पुगेको बुझिएको छ । यद्यपी उनले आफुले भने यस बारेमा केहि बताएका छैनन् ।











