भरतपुर । नेपाली कम्युनिष्ट पार्टीले चितवन प्रतिनिधि सभा क्षेत्र नं ३ बाट रेनु दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी दाहाललाई सर्वसम्मत रुपमा चितवन–३ को उममेदवार बनाउने निर्णय भएको नेकपाका नेता सन्तोष पनेरुले जानकारी दिए ।
पनेरुका अनुसार नेकपा चितवन क्षेत्र नं. ३ ले दाहाललाई प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनाउन माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय भएको हो ।
उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रिय कमिटीमा पुग्नेछ । दाहाल भरतपुरको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने भएकी हुन् ।










