चितवन । चितवनमा यस आर्थिक वर्ष २०७९/८० को हालसम्म डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन यता ६ जनाको मृत्यु भएको हो ।
त्यस्तै, यस आवको हालसम्म १३ हजार ४९८ जनामा डेंगु परीक्षण हुँदा ३ हजार २९२ जनामा डेंगु पुष्टि भएको छ । तीमध्ये चितवनका मात्रै २ हजार २८३ जना हुन् भने जिल्ला बाहिरका ६८६ जना र ठेगाना नखुलेका ३२३ जना रहेका छन् ।










